काभ्रे । काभ्रेपलाञ्चोकमा प्रहरीले जुवा खेलिरहेका ११ जनालाई पक्राउ गरेको छ ।
स्थानिय थोप्चेन तामाङको घरमा जुवा खेलिरहेका बनेपा घर भएका कृष्ण केसी, सुमन अधिकारी, गणेश थापा, अनिल मुस्याजु, रोशी गाउँपालिका घर भएका पाराङ लामा उर्फ खड्ग सिं र हिरा लामासहित ११ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता (डिएसपी) हरि खतिवडाले बनेपा नगरपालिका–११ स्थित जुवा खालबाट ७ लाख १५ हजार नगद बरामद गरिएको बताए ।
जुवा खालबाट प्रहरीले १४ बुक तास बरामद गरेको छ । उनीहरुमाथि जिल्ला प्रशासन कार्यालयबाट म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया