राष्ट्रियसभामा बिडारीले उठाए विजयकुमार गच्छादारको कुरा

लोकपथ
936
Shares

काठमाडौं । राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले कांग्रेस उपसभापति समेत रहेका सांसद विजयकुमार गच्छादारको विषयमा कुरा उठाएका छन् ।

आज बसेको राष्ट्रियसभाको बैठकमा बोल्दै राष्ट्रियसभा सदस्य बिडारीले अघिल्लो ओली नेतृत्वको सरकारले नै लुकाएर नेपालमै राखेको आरोप लगाए ।

राष्ट्रियसभामा बोल्दै उनले भने- ‘यहाँ विजय गच्छादारको पनि कुरा आयो । विजय गच्छादार ओलीजीले राम्रोसँग मुद्दा लगाइदिएर फुत्किन सक्नेगरी कुरा ट्याकटुक मिलाइदिएर महन्थ ठाकुरसँग मिलाएको जस्तै मिलाएर अगतिलो मुद्दा हाल्दिएछन् । दुधभात खुवाएर डेढ वर्षसम्म नेपालमै घुमाएर बस भनेछन् । यो सरकार आउनासाथ अदालतले गरेको निर्णयलाई यहाँ विवाद गर्ने ? अदालतका ती न्यायाधीश अहिले यो पालामा नियुक्ति भएका हुन् ?‘

त्यस्तै बैठकलाई सम्बोधन गर्दै उनले अदालतले गरेको निर्णयलाई अपव्याख्या गर्न नहुने समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?