जाजरकोट । सवारीसाधन चोरी, निकासी गरेर चलाउनेदेखि चालक अनुमतिपत्र नभएकाको मनोमानी गर्ने कार्य बन्द गर्न प्रहरीले आक्रमक रणनीति लिएको छ ।
छिमेकी जिल्ला डोल्पा, रुकुम पश्चिम, सुर्खेत र दैलेखमा जाजरकोट भएर सवारीसाधन आवतजावत गर्ने भएपछि बदमासी गरेर सुरक्षित हुने स्थान बनाउँदा प्रहरीले नियन्त्रण गर्न रणनीति बनाएको नायब प्रहरी उपरीक्षक मधुकुमार थापाले जानकारी दिए ।
भेरी करिडोर भएर बाहिरी जिल्लाबाट सवारीसाधन चोरी निकासी गरेर जाजरकोट ल्याई गाउँ–गाउँमा चलाउने क्रम बढेपछि प्रहरीले सो बदमासी नियन्त्रण गर्न अभियान चलाएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख लक्ष्मण विश्वकर्माले बताए ।
जिल्लाका नलगाड, छेडागाड, भेरी र शिवालय गाउँपालिकाभित्र पर्ने सडकमा गुड्ने यातायातका साधनमा कडा निगरानी बढाइएको विश्वकर्माले जानकारी दिए । मोटरसाइकलदेखि ठूला सवारीसाधनसम्म चोरी, पैठारी गरेर ल्याई चलाइरहेको पाइएको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया