बैंकिङ कसुर मुद्दाका फरार तीन जना प्रतिवादी पक्राउ

लोकपथ
56
Shares

म्याग्दी । जिल्ला अदालत म्याग्दीबाट बैंकिङ कसुर मुद्दामा कैद तथा जरिवाना ठहर भई फरार रहेका ३ जनालाई म्याग्दी बेनीबजारका विभिन्न स्थानबाट मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा बेनी नगरपालिका–२ बस्ने ५५ वर्षीया सुनिता नेपाली, सोही नगरपालिका–४ बस्ने ३३ वर्षीया जगदेवी थापा मगर र सोही ठाउँ बस्ने ३५ वर्षीया निर कुमारी खत्री रहेका छन् ।

बैंकिङ कसुर मुद्दामा सुनितालाई ६ महिना कैद तथा ९ लाख ७८ हजार २ सय २५ रुपैयाँ जरिवाना, जगदेवीलाई ६ महिना कैद तथा ९ लाख ७९ हजार ६ सय ४९ रुपैयाँ जरिवाना र निर कुमारीलाई ६ महिना कैद तथा ९ लाख ७० हजार ३ सय ५६ रुपैयाँ जरिवाना अदालते ठहर गरेको थियो।

उनीहरुलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत म्याग्दीमा उपस्थित गराइएकोमा अदालतको आदेशले कैद तथा जरिवाना भुक्तानका लागि कारागार कार्यालय म्याग्दी पठाइएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?