काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को लेटर प्याड, पार्टीको छापा र अध्यक्ष प्रचण्डको हस्ताक्षर दुरुपयोग भएको छ ।
माओवादी केन्दले एक विज्ञप्ति निकाल्दै केही अपराधिक, अराजक एवं प्रतिगामी तत्वहरुले पार्टीको लेटर प्याड, छापा र अध्यक्ष प्रचण्डको हस्ताक्षर दुरुपयोग भएको प्रति ध्यानाकर्षण भएको जनाएको छ।
त्यस्तै अपराधिक तत्वहरुले अध्यक्ष प्रचण्डको हस्ताक्षर प्रयोग गरी ५ दलीय गठबन्धन र आम जनसमुदायमा समेत भ्रम सिर्जना गर्ने कुत्सित उद्देश्यका साथ सामाजिक सञ्जालमा कथित मन्त्रीमण्डल बिस्तार सम्बन्धमा गलत सूचना प्रवाह गर्नेमाथि माओवादी केन्द्रले कारबाहीको माग गरेको छ ।
जारी विज्ञप्तिमा भनिएको छ, “केही समय यता यस किसिमका प्रतिगमनकारी, पश्चगामी र पुरातनवादी तत्वहरु अत्तालिएर क्रान्तिकारी र लोकतान्त्रिक शाक्तिहरुलाई बदनाम गर्ने कुत्सित मनसायले यस्ता हर्कतहरु गर्दै आइरहेका छन् । यस किसिमका किर्ते र झुठ प्रचारको भ्रममा नपर्न सिङ्गो पार्टी पंक्ति, लोकतान्त्रिक शाक्तिहरु र आम जनसमुदायमा समेत हाम्रो पार्टी हार्दिक अनुरोध गर्दछ । यस किसिमका प्रविधिको दुरुपयोग गरी समाजमा भ्रम फैलाउने तत्वहरुमाथि यथाशीघ्र अनुसन्धान गरी कडा कारबाहीको माग गर्दछौँ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया