नवजात शिशुसहित तीन जनाको मृत्यु प्रकरण अपडेट : शव पोष्टमार्टमका लागि पठाइयो, श्रीमानको खोजी तीव्र

लोकपथ
416
Shares

काठमाडौं । बुधवार बिहान सर्लाहीमा अपत्यारीलो घटना घट्यो । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३ भेल्हीस्थित एक पोखरीमा ९ दिनको शिशुसहित तीन जनाको शव भेटियो ।

बुधबार बिहानै पोखरीमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । लगत्तै जिल्ला प्रहरी कार्यालय सर्लाहीको टोली घटनास्थल पुगेर अनुसन्घान सुरु गरेको थियो ।

हत्या वा आत्महत्या ?

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट हत्या भएको जस्तो कुनै संकेत नदेखिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक डीएसपी माधवप्रसाद बुढाथोकीले लोकपथलाई जानकारी दिए ।

‘घटनाको प्रकृति हेर्दा र शवको अवस्था हेर्दा हत्या भएको जस्तो छैन । शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलङ्गवा पाठाएका छौं । पोष्टमार्टमपछि घटनाको तथ्य बाहिर आउला ।’ डीएसपी बुढाथोकीले भने ।

प्रहरी अनुसन्धानबाट गएराति करिब १२ बजे रिकेवादेवी कापड, १८ महिनाकी छोरी रामा र नौ दिनको छोरालाई लिएर घरबाट निस्केकी भन्ने खुलेको छ । मृतक महिलाको मानसिक सन्तुलन ठीक नभएको ब्रम्ह्पुरी–३ भेल्हीका वडाध्यक्ष श्याम साहले जानकारी दिए ।

राति घरबाट बच्चासहित श्रीमती निस्केपछि खोजीमा निस्केका श्रीमान् सञ्जीव कापड अहिलेसम्म घर आइनपुगेका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी सन्तोष सिंह राठोरले जानकारी दिए ।

उनको साथमा मोबाइल नभएका कारण सम्पर्क पनि हुन नसकेको एसपी राठोरले बताए । उनी श्रीमतीलाई खोज्न ससुरालीतिर गएको भन्ने बुझिएको छ । एसपी राठोरले बताए ।

थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?