६ आश्विन २०७८, बुधबार

राष्ट्रपति भण्डारीद्वारा युद्ध सङ्ग्रहालयको उद्घाटन (तस्बिरसहित)

२०७८,श्रावण,१३,बुधबार १२:५१


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सिन्धुलीगढीमा नेपाली सेनाले शुरु गरेको युद्ध सङ्ग्रहालयको उद्घाटन गरेकी छिन् । बुधवार राष्ट्रपति भण्डारीले युद्ध सङ्ग्रहालयको उद्घाटन गरेकी हुन् ।

नेपाली सेनाले करिब सात करोड लगानीमा बनाएको युद्ध सङ्ग्रहालय भवन र सजावटको काम सकिएपछि आज उद्घाटन गरिएको हो ।

सङ्ग्रहालयमा युद्धकालीन अवस्थाका पात्र, सिन्धुलीगढी युद्धका घटनाक्रम, सैनिकका आँखामा युद्धको परिदृश्य, सिन्धुलीगढी युद्धका वृत्तचित्र, चरणबद्ध युद्धका चित्र, तत्कालीन युद्धमा प्रयोग भएका घरेलु हतियार, युद्धकालीन हातहतियार, अङ्ग्रेजहरुले प्रयोग गरेका तोप, नेपाली योद्धा, बेलायती योद्धा, नेपाली योद्धाका कलाचित्र, मिथिला कला, बेलायतीहरुको नाममा बनाइएका स्तम्भ, युद्धकालीन शिलालेख, ऐतिहासिक दस्तावेज तथा इतिहासका पुस्तकालय राखिएको छ ।

सिन्धुलीगढी युद्ध सङ्ग्रहालयको विसं २०७३ कात्तिक २४ गते पूर्वउपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले शिलान्यास गरेका थिए। नेपाल एकीकरणका क्रममा विसं १८२४ असोजमा सिन्धुलीगढीको युद्धमा काठमाडौं कब्जा गर्न इष्टइन्डिया कम्पनीका कप्तान किनलोकको नेतृत्वमा आएको आधुनिक हतियारले सुसज्जित अङ्ग्रेज सेनालाई बंसु गुरुङको नेतृत्वमा गोर्खाली सेनाले हराएको जानकारहरु बताउँछन् ।

 

 

 

प्रकाशित मिति: २०७८,श्रावण,१३,बुधबार १२:५१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । विश्व फुटबलमा सर्वाधिक चर्चा हुने गरेका दुई नाम हुन् क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सी । फ्यानहरुबीच सधैँ रोनाल्डो

सरकारले यही असोज १० गतेदेखि सार्वजनिक यातायातको टिकट बुकिङ खोल्ने तयारी गरे पनि व्यवसायीहरूले भने आफूहरू त्यसबारेमा जानकार नरहेको बताएका

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन आउन अब ६५ दिन बाँकी छ । दशैँ, तिहार, छठलगायतका चाडपर्वको बिदाको हिसाब गर्दा

काठमाडौं । मंगलबार (आज) बाट सोह्र श्राद्ध अर्थात् पितृ पक्ष सुरु भएको छ । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि आश्विन

ताजा समाचार