सानिमा लाइफको आईपीओ साउन २० गतेबाट खुल्ने

लोकपथ
104
Shares

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साउन २० गतेदेखि सर्वसाधारणका लागि साधारण शेयर (आइईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरमा ६० करोड रुपैयाँबराबरको ६० लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।

इन्स्योरेन्सले कुल जारी पूँजीको ३० प्रतिशत शेयर जारी गर्न लागेको हो । जसमध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुका लागि, ५ प्रतिशत सामूहिक लगानी कोषका लागि छुट्ट्याइएका छ । बाँकी ५४ लाख कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

कम्पनीको उक्त आइपीओमा छिटोमा साउन २४ गते र ढिलोमा भदौ २ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

इन्स्योरेन्सले  आईपीओ निष्कासन गर्न अनुमति माग्दै जेठ ९ गते आइतबार नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन पेश गरेको थियो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरमा ६० लाख कित्ता आइपीओ निष्कासन गर्न निवेदन पेश गरेको हो ।

कम्पनीको उक्त आईपीओमा निष्कासन तथा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गर्नेछ । कम्पनीको आईपीओलाई केयर रेटिङले केयर एनपी बीबीबीु रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनीको आधारभूत अवस्था मध्यम रहेको संकेत गर्दछ ।

आईपीओमा विगतमा परेको आवेदन संख्याका आधारमा कम्पनीको आईपीओमा १० कित्ता आवेदन गर्नु उपयुक्त देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?