जनकपुरधाम । डाँका मुद्दाका फरार एक प्रतिवादी एघार वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषाको विदेश नगरपालिका–४ ठाडी बस्ने ४० वर्षीय चन्दन पासवान रहेका छन् ।
प्रदेश प्रहरी कार्यालय जनकपुर, इलाका प्रहरी कार्यालय खजुरी र प्रहरी चौकी ठाडीझिझाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले पासवानलाई मंगलबार पक्राउ गरेको हो ।
२०६७ साउन २९ गते रुपन्देहीको साविक चिल्हिया गाविस–६ का फतेसिंह राणा र उत्तमकुमार श्रेष्ठको घरमा डकैती गरी फरार रहेका थिए । उनी विरुद्ध जिल्ला प्रहरी कार्यालय रुपन्देही र महोत्तरीमा समते डाँका मुदा दर्ता भएका छन् ।
यस्तै २०७७ चैत ३० गते सिरहाको लहन नगरपालिका–७ स्थित सुनचाँदी व्यवसायी राजेश सारडाको घरमा प्रवेश गरी परिवारका सबै सदस्यहरुलाई नियन्त्रणमा लिएर पेस्तोल देखाइ डकैती गरी फरार रहेका थिए ।
उनलाई आवश्यक कारबााहीका लागि सिरहा स्थित इलाका प्रहरी कार्यालय लहान पठाइएको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया