काठमाडौं । गुल्मीको मुसीकोटमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।
जिल्लाको मुसीकोट नगरपालिका वडा नं ४ स्थित दोभानमा जीप दुर्घटना भएको हो ।
जिल्लाको शान्तिपुरबाट तम्घास जाँदै गरेको जीप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । घटनास्थल जाँदै गरेका एक प्रहरीले दिएको जानकारी अनुसार जीप सवा ११ बजेतिर दुर्घटना भएको हो ।
दुर्घटनाग्रस्त जीप रोडबाट करिब ४ सय मिटर तल खसेको छ ।
त्यस्तै अन्य व्यक्तिहरु अड्किएको अवस्थामा रहेकाले मृतक कति भन्ने एकिन हुन नसकेको प्रहरीले जनाएको छ ।
साथै उद्धार कार्य भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया