काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको आईपीओ मा बुधबार सम्ममा २४ हजार बढि आवेदन परेको छ ।
कम्पनीले साउन ५ गते, मंगलबारदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीयहरूलाई पुनः निष्कासन तथा बिक्री खुल्ला गरेको हो ।
कम्पनीले पहिलो चरणमा प्रतिसेयर १०० अंकित दरका कुल ६० लाख कित्ता साधारण सेयर निष्कासन गरेको हो । जसमध्ये ३० प्रतिशत अर्थात १८ लाख कित्ता आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाँउपालिका वडा नं. १ र ५ बाह्रबिसे नगरपालिका वडा नं. ५ र ६ तथा बाह्रबिसे नगरपालिका वडा नं. ७ र ८ मा स्थायी बसोबास गर्ने बासिन्दाहरुका लागि छुट्याइएको छ भने बाँकी ७० प्रतिशत अर्थात ४२ लाख कित्तामा सिन्धुपाल्चोक जिल्लाको अन्य क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरुलाई छुट्याइएको छ ।
यस आईपीओमा २४ हजार २ सय ५६ जना आवेदकबाट ५१ करोड ७२ लाख ४७ हजार ७ सय रूपैयाँ बराबरको ५१ लाख ७२ हजार ४ सय ७७ कित्ताका लागि आवेदन परेको आईपीओ बिक्री प्रबन्धकले जनाएको छ ।
आईपीओमा छिटोमा साउन १७ गते सम्म र उक्त समयमा माग अनुसार आवेदन नपरेमा भने साउन ३२ गतेसम्म भर्न पाईनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया