काठमाडौं । एमाले नेता विजय पौडैलले आफूहरु सरकारमा सहभागी नहुने बताएका छन् । मन्त्रीमण्डल विस्तारलगायत विषयमा छलफल गर्न बसेको सत्तारुढ गठबन्धनको बैठकमा उनले यो कुरा बताएका हुन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल समूहलाई पनि सहभागी गराएर मन्त्रीमण्डल विस्तार गर्ने तयारी गरिरहेका बेला पौडेलले आफूहरू सरकारमा सहभागी नहुने बताएका हुन् । उनी वरिष्ठ नेता माधवकुमार नेपालको तर्फबाट बैठकमा सहभागी भएका हुन् ।
यसअघि मंगलबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा वरिष्ठ नेता नेपालले आफूहरू सरकारमा सहभागी हुने संकेत दिएका थिए । त्यसैले छलफल गर्न गठबन्धनको बैठक बोलाइएको थियो ।
यसैबीच गठबन्धनको बैठकले सत्ता बाँडफाँडको जिम्मा शीर्ष नेताहरुलाई दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया