काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नामबाट निकालिएको विज्ञप्तिप्रति सचिवालयले आपत्ति जनाएको छ ।
गठबन्धन सरकारमा मन्त्रालयको बाँडफाँडका विषयमा छलफल चलिरहेका बेला प्रचण्डको नामबाट गलत विज्ञप्ति निकालिएको भन्दै प्रचण्डको सचिवालयले आपत्ति जनाएको हो ।
मन्त्रीमण्डल विस्तारको हवला दिँदै एससीसीबारे जनमत बुझ्न केन्द्र देखि वडासम्म लैजानेदेखि माधवकुमार नेपाललाई एमालेमै फर्काउने प्रयास गर्ने समेतका कुराहरु उल्लेख गरिएको छ ।
त्यस्तै पूर्व सर्त अनुसार माहोल नबनेको भन्दै माधवकुमार नेपालको अपरिपक्क निर्णयका कारण ६ मन्त्रीसहित प्रदेश प्रमुखहरुको जिम्मेवारी दिनेसम्मका कुराहरु उल्लेख गरिएको छ ।
प्रचण्डको स्वीकय सचिव गंगा दाहालले उक्त विज्ञप्ति भ्रम छर्नका लागि गरिएको हर्कत भएको भन्दै त्यसबाट सचेत रहन समेत आग्रह गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया