आजको बजार : के भयो सुनचाँदीको मूल्य ?

लोकपथ
56
Shares

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य ३०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा आज सुन प्रतितोला ३०० रुपैयाँले बढेर ९२ हजार १०० रुपैयाँ कायम भएको हो ।

मंगलबार बजारमा छापावाला सुन पनि प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार आज तेजाबी सुनको मूल्य समेत प्रतितोला ३०० रुपैयाँले नै बढ्दै ९१ हजार ६०० रुपैयाँ कायम भएको छ।

यता चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले घटेको छ । मंगलबार प्रतितोला चाँदी १ हजार २ सय ७० रहेको थियो । भने आज मूल्यमा घटी  प्रतितोला १२ सय ५५ रुपैयाँ मूल्य कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?