बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक, माधव नेपालले प्रतिनिधि पठाए

लोकपथ
700
Shares
sf7df8f}F, !# ;fpg M ;Qf?9 u7aGwg a}7s k|wfgdGqL lgjf; afn’jf6f/df a’waf/ a;]sf] ;Qf?9 u7aGwgsf] a}7s . a}7sdf g]kfnL sfªu|];sf ;efklt tyf k|wfgdGqL z]/axfb’/ b]pjf, jl/i7 g]tf /fdrGb| kf}8]n, g]skf -dfcf]jfbL s]Gb|_ sf cWoIf k’iksdn bfxfn…k|r08Ú, h;kf g]kfnsf cWoIf pk]Gb| ofbj, h;kf ;ª3Lo kl/ifbsf cWoIf 8f afa’/fd e§/fO{, g]skf -Pdfn]_sf g]tf 8f ljho kf}8]n, /fli6«o hgdf]rf{sf cWoIf lrqaxfb’/ s];Lnufot ;xefuL x’g’x’G5 . tl:a/ M /f]zg ;fksf]6f÷/f;;

काठमाडौं । सत्तारुढ गठबन्धनका राजनीतिक दलहरुको बैठक बालुवाटारमा जारी छ ।

मन्त्रिपरिषदलाई पूर्णता दिने तथा सरकारको न्यूनतम साझा कार्यक्रमको बारमा छलफल गर्न राखिएको बैठकमा नेपाली कांग्रेसबाट प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का र कृष्णप्रसाद सिटौला सहभागी छन् भने माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहभागी छन् ।

जसपाबाट अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव र अशोक राई सहभागी छन् भने जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी पनि सहभागी भएका छन् ।

एमाले बरिष्ठ नेता माधवकुमार नेपाल भने आफु उपस्थित नभएर प्रतिनिधिको रुपमा डा. विजय पौडेललाई पठाएका छन् ।
देउवाले जसपासहितलाई समेटेर मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?