कुटपिट गरेर युवकको हत्या गरेको आरोपमा चार जना पक्राउ

लोकपथ
182
Shares

धनुषा । धनुषामा एक युवकको कुटपिट गरी हत्या गरिएको छ ।

हत्या आरोपमा चार जनालाई पक्राउ गरिएको छ ।

सहिदनगर नगरपालिका ३ गोठकुहाका २१ वर्षीय गोविन्द यादवको हत्या भएको हो । कुटपिटबाट घाइते भएका उनको मोरङको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

उनी मंगलवार बिहान साढे ६ बजे घर नजिकै ककर्लाको झाडीमा घाइते अवस्थामा भेटिएका थिए । उनलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर ल्याइएको थियो। जनकपुरमा उपचार हुन नसकेपछि विराटनगर लगिएको थियो ।

घटनामा संलग्न भएको आशंकामा स्थानीय मुर्बल यादवसहित चारजनालाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय यदुकोहाका प्रहरी निरीक्षक संवित भण्डारीले बताए। घटनाबारे थप अनुसान्धन भइरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?