श्रीलंका भ्रमणमा रहेका भारतीय अलराउन्डर क्रुनल पाण्ड्यालाई कोरोना

काठमाडौं। श्रीलंका भ्रमणमा रहेको भारतीय क्रिकेट टोलीका अलराउन्डर क्रुनल पान्ड्यालाई कोरोना संक्रमण पुष्टि भएको छ।

सोही कारणले जारी तीन टी-ट्वेन्टी शृंखला अन्तर्गत मंगलवार खेलिने दोस्रो खेल स्थगित भएको हो। क्रुनलसहित केही ‘क्लोज कन्ट्याक्ट’मा रहेका खेलाडीलाई क्वारेन्टाइनमा राखिएको छ। त्यस पश्चात् सबै खेलाडीको पीसीआर परीक्षण गराएर दोस्रो टी-ट्वेन्टी खेल आज बुधवार खेलाइने छ।

पहिलो टी-ट्वेन्टी खेलमा भारतले श्रीलंकालाई ३८ रनले पराजीत गरेको थियो। यस अघि खेलिएको तीन एकदिवसीय खेलको शृंखलामा भारतले २-१ ले बाजी मार्न सफल भइसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?