७ महिनामा एक किलोमिटर सुरुङ

लोकपथ
7
Shares

निर्माणाधिन काठमाडौं–धादिङ जोड्ने नागढुंगा–सिस्नेखोला सुरुङमार्गको एक किलोमिटर सुरुङ निर्माण कार्य सकिएको छ । २.६८ किलोमिटर लम्बाइको सुरुङमध्ये मंगलबारसम्म काठमाडौं र धादिङतर्फ ९ सय ९८ मिटर सुरुङ निर्माण पूरा भएको हो ।

गत वर्षको ७ पुसबाट सुरुङ छेड्ने काम सुरु भएको थियो । ४२ महिनामा निर्माण सम्पन्न गर्ने गरी ०७६ कात्तिक ४ गते
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए ।
लम्बाइ २.६८ किमी, चौडाइ ३.५ किमी, दुवैतर्फ ०.५ मिटर पानी बगाउने नाली, एप्रोच मार्ग, पूर्व लम्बाइ २.३२ किमी निर्माण हुनेछ । २४ सै घण्टा करिब ६ सय ५० प्राविधिक जनशक्ति सहितको टोलीले सातामा ६ दिन सुरुङमार्ग खन्ने काम भैरहेको आयोजना प्रमुख नरेशमान शाक्यले बताए । कारोबार दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?