टोकियो ओलम्पिक : गौरिकाको प्रतिस्पर्धा आज, नयाँ राष्ट्रिय कीर्तिमानको अपेक्षा

लोकपथ संवाददाता
1.3k
Shares
Gaurika Singh before her practice session at Hotel Annapurna in Kathmandu on Monday, August 26, 2019. Photo: Udipt Singh Chhetry/THT

काठमाडौं। जारी टोकियो ओलम्पिक २०२० अन्तर्गत महिला १०० मीटर फ्रि-स्टाइल पौडीतर्फ नेपालकी गौरिका सिंहले आज (बुधवार) प्रतिस्पर्धा गर्दै छिन्।

टोकियो एक्वेटिक सेन्टरमा गौरिकाले नेपाली समय अनुसार अपरान्ह ३:४५ बजे हिट १ समूहमा रहेर प्रतिस्पर्धा गर्नेछिन्। हिट १ मा गौरीकासहित ४ प्रतिस्पर्धी रहेका छन्।

गौरिकाको प्रतिद्वन्दी नाइजेरिया, गुवाम र मोन्टेनेग्रोबाट रहेका छन्। इन्ट्री टाइमिङमा गौरिका दोस्रो स्थानमा रहेकी छिन्। गौरिकाको १ मिनेट ६२ मिलिसेकेण्डको टाइमिङ रहेको छ भने मोन्टेनेग्रोकी इन्डिला एन्टुको इन्ट्री टाइमिङ १ मिनेट ४१ मिलिसेकेण्डको रहेको छ।

गौरिकालाई आज आफ्नै राष्ट्रिय कीर्तिमान तोड्ने मौका रहेको छ। छैटौं लेनमा रहेर प्रतिस्पर्धा गर्न गइरहेकी गौरीकाबाट हिट चरण पार गर्ने अपेक्षा पनि राखिएको छ।

यसअघि नेपालका एलेक्जेन्डर (एलेक्स) शाहले मंगलवार हिट १ चरणमा जित दर्ता गर्दा नयाँ राष्ट्रिय कीर्तिमान रचेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?