भर्खरै नियुक्त एकजना भारतीय मन्त्री गुपचुप काठमाडौं ओर्लिएर उसैगरी फर्किएका छन् । तर, उनी केका लागि आए ? कहाँ–कहाँ गए भन्नेबारे परराष्ट्र मन्त्रालय त्यति राम्रोसँग जानकार छैन ।
त्यसरी आएका मन्त्री हुन्, डा.महेन्द्रनाथ पाण्डे । असार २५ गते हेभी इक्वीपमेन्ट उद्योगसम्बन्धी मन्त्रालय सम्हालेका उनी साउन ८ गते शुक्रबार आएर दुई दिन बसी आइतबार फर्किएको विमानस्थल स्रोतले जनाएको छ । स्थलमार्गबाट जाने सोचमा रहेका उनी प्लेनमै फर्किएको र धार्मिक भ्रमणका सिलसिलामा आएको अनुमान छ ।
उता, अष्ट्रेलियाको राजदूतका रुपमा आधा कार्यकाल पनि काम गर्न नपाई फिर्ता बोलाइएका महेशराज दाहाल आइतबार कतार एयरवेजको जहाजबाट काठमाडौं ओर्लिएका छन् । उनी पद गएको दुई महिनापछि स्वदेश फर्किएका हुन् । जनआस्थामा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया