डलर साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमयदर

लोकपथ
147
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलवारका लागि विभिन्न देशका विनिमयदर सार्वजनिक गरेको छ ।

जस अनुसार आजका लागि अमेरिकी मुद्राको खरिददर ११८ रुपैयाँ ८४ पैसा तोकेको छ भने बिक्रीदर ११९ रुपैयाँ ४४ पैसा तोकेको छ । यस्तै युरोपियन युरोको खरिददर १४० रुपैयाँ ०४ पैसा र बिक्रीदर १४० रुपयाँ ७५ पैसा तोकेको छ ।

त्यसैगरी, अष्ट्रेलियन डलरको खरिददर ८७ रुपैयाँ ४२ पैसा र बिक्रिदर ८७ रुपैयाँ ८७ पैसा रहेको छ भने युके पाउन्ड स्टर्लिङको खरिददर १६३ रुपैयाँ ७६ पैसा र बिक्रिदर १६४ रुपैयाँ ५९ पैसा कायम भएको छ ।

साउदी अरवीयन रियल एकको खरिददर ३१ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ८५ पैसा कायम भइ कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?