स्वस्थ रहन चाहनुहुन्छ ? यस्तो गर्नुस् जीवनशैली

लोकपथ
195
Shares

स्वस्थ हुने चाहना सबैको हुन्छ । तर कसरी स्वस्थ हुने भन्ने विषयमा द्विविधा भएको कारण आम मानिसहरू चाहेर पनि स्वस्थ हुन सकिरहेका हुँदैनन् ।

स्वस्थ हुने धेरै किसिमका उपायहरू रहेका छन् । जसमा सामान्य देखि धेरै किसिमका अनुशासन र शारीरिक कसरतसम्म रहेका छन् । धेरै किसिमको जीवनशैली अपनाएर स्वस्थ हुन धेरैलाई झन्झटिलो हुने कारणले गर्दा पनि कतिपयले चाहेर पनि जीवनशैलीलाई स्वस्थ बनाउन सकिरहेका छैनन् ।

यदि सजिलै जीवनशैलीलाई सुधार गरेर स्वस्थ हुने उपायहरू भएमा जो कोही पनि स्वस्थ हुने सोचाइमा रहेका छन् । यस लेखको उद्देश्य पनि जीवनशैलीलाई सामान्य ढङ्गले सुधार गरेर स्वस्थ बनाउने भन्ने विषयमै केन्द्रित रहेको छ । त्यसैले तपाईँको जीवनमा अहिले रहेका केही नराम्रा व्यवहारलाई मात्र परिवर्तन गर्नु भयो भने पनि तपाईँ स्वस्थ र निरोगी हुनु हुनेछ ।

नराम्रो व्यवहार–१

केही शोधहरूले के कुरा प्रमाणित गरेको छ भने मानिसलाई राम्ररी निन्द्रा नपरेमा मोटोपन हुने गर्छ भन्ने रहेको छ । निन्द्रा राम्ररी नपर्दा शरीरमा ग्लुकोज र इन्सुलिनको मात्रामा कमी आउँछ । यस्तो अवस्थामा शरीरमा विभिन्न किसिमका परिवर्तन हुन्छ र मानिसलाई बढी भोक लाग्न थाल्छ । यो समस्या बढ्दै गएपछि बढी खाना खाएको कारण मोटोपन हुन्छ ।

नराम्रो व्यवहार–२

मोटोपन बढ्नु र शरीरमा खानपिनबाट बनेको क्यालोरीको व्यवस्थापन हुन नसक्नुमा दुवैको सोझो सम्बन्ध रहेको छ । यदि तपाईँले खाने गरेको खानेकुरामा क्यालोरीको मात्रा धेरै छ र तपाईँको शारीरिक गतिविधि छैन भने तपाईँमा मोटोपन बढ्ने पक्का छ ।
धेरै क्यालोरी भएको खानेकुरा खाँदा शरीरमा बोसो बनेर जम्मा हुन्छ र मोटोपन बढ्छ । मोटोपन बढेपछि झन् धेरै किसिमका शारीरिक समस्या र रोगहरू समेत देखा पर्न थाल्छ ।

नराम्रो व्यवहार–३

रातीको खाना ढिलो खाँदा त्यसपछिको विकल्प भनेको सोफामा बसेर टेलिभिजन हेर्नु वा ओछ्यानमा गएर पल्टिनु नै हो । स्थिर भएर बस्दा हामीले ढिलो गरेर खाएको खानेकुरा पच्न समय लाग्छ भने निदाएको अवस्थामा खानेकुराको पाचन क्रिया झनै सुस्त हुन्छ । यसरी ढिलो खाना खाएर सुत्दा खाना पूर्ण रूपमा नपचेर ग्याँस बन्ने, पेटको दुखाई हुने, कब्जियतको समस्या समेत हुन्छ । यस्तो किसिमको खानपिन शैलीले मोटोपन बढाउन अझ मद्दत गर्छ ।

नराम्रो व्यवहार–४

हाम्रो देशमा बिहान ब्रेकफास्ट खाने चलन छैन, एकै पटक बिहानको खाना खाने चलन गरेको छ । स्वस्थ शरीरका लागि यो व्यवहारलाई राम्रो मानिँदैन । बिहानको समयमा हामी केबल चिया पिएर मात्र बिताउने गर्छौ । बिहानको खाना खाएपछि दिउँसो खाजा बाहिर खाने गर्दा स्वास्थ्यकर खाना हाम्रो शरीरमा कमै पर्ने गर्छ । बाहिर पकाएका अस्वस्थकर खानपानले हाम्रो स्वास्थ्यमा बिस्तारै असर गरिरहेको समेत हुन्छ ।

यी त भएर हामीले थाहा पाएरै आफ्नो स्वास्थ्य बिगारी रहेका सामान्य कारणहरू । यसलाई सुधार गर्न सकिने प्रशस्त ठाउँहरू रहेका छन् । यदि तपाईँसँग पनि माथि उल्लेख गरे अनुसारको जीवनशैली बिताइरहनु भएको छ भने यो लेख पढेपछि परिवर्तन गर्न थाल्नुहोस् ।

निकै सजिलै गर्न सकिने जीवनशैलीका व्यवहारहरूलाई दैनिक रूपमा प्रयोग गर्नु भयो भने तपाईँको जीवन धेरै नै स्वास्थ्यकर हुनेछ ।

अब गर्नुपर्ने राम्रो व्यवहार

– दैनिक ८ देखि ९ घण्टा निदाउने ।

– दैनिक न्यूनतम पनि आधा घण्टा शारीरिक अभ्यास गर्ने, अभ्यास गरिएन भने मर्निङ वाकमा जाने ।

– राती सुत्नु भन्दा २–३ घण्टा अगाडि रातिको खाना खाइसक्ने ।

– बिहानको नास्ता लिने बानी बसाल्ने । बिहानको नास्तामा फलफूल, फलफूलको रस, चोकर भएको खानेकुरा र प्रोटिन भएको खानेकुराको सेवन गर्ने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?