खोटाङ । खोटाङमा भरुवा बन्दुकसहित ३ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जिल्लाको रुपाकोट मझूवागढी नगरपालिका वडा नं १० का वडा सदस्य ५९ वर्षीय पर्शुराम बानियाँसहित ३ जना रहेका छन् ।
पर्शुरामसहित पक्राउ पर्नेहरुमा सोही स्थान बस्ने ३३ वर्षीय मिलन बाँनिया र मदनबहादुर बाँनिया रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख डिएसपी उमेश लम्सालले लोकपथलाई जानकारी दिए । डिएसपी लम्सालका अनुसार पक्राउ परेका पर्शुराम मझुवागढी १० स्थित सरस्वती माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष समेत हुन् ।

अवैध हातहतियार तथा खरखजना भरुवा बन्दुक लुकाइ राखेको भन्ने सूचनाको आधारमा सोमवार प्रहरीले अनुसन्धान गरेको थियो ।
अनुसन्धानको क्रममा पर्शुरामको घरबाट एकनाल भरुवा बन्दुक, मदन बानियाँको घरबाट छर्रा, बारुद लोड गरेको अवस्थाको भरुवा बन्दुक नाल एक थान त्यसैगरी त्यसमा प्रयोग हुने १५० ग्राम धातुको छर्रा ४०० ग्राम र मिलन बाँनियाको घरबाट बारुद लोड गरेको अवस्थाको भरुवा बन्दुक १ नालसहित पक्राउ गरिएको उनले बताए ।
त्यस्तै उनीहरु तीनै जनालाई पक्राउ गरि जिल्ला अदालत खोटाङबाट ७ दिन म्याद थपको अनुमति लिई थप अनुसन्धान भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया