कटहरको रुखबाट लडेर एक जनाको मृत्यु

लोकपथ
77
Shares

तनहुँ । जिल्लाको व्यास नगरपालिका-६ रम्घा मादीबेसी बस्ने १६ वर्षीय अरुण परियारको सोही ठाउँस्थित कटहरको रुखबाट लडेर मंगलबार दिउँसो मृत्यु भएको छ ।

रुखबाट लडेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि जिल्ला अस्पताल तनहुँतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?