नवलपरासी । नवलपरासी पूर्व विनयी त्रिवेणी गाउँपालिका खरखोलास्थित ४० वर्षीय यम बहादुर बयम्बुको घरमा तास खेलिरहेको अवस्थामा बयम्बु सहित ३ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दुम्किबासबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ११ हजार ९ सय ९० रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया