प्रभुराम शर्मालाई कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी दिने सरकारको निर्णय

लोकपथ
805
Shares

काठमाडौं । नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मालाई कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी दिइएको छ ।

मंगलवार (आज) बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई कामु प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको हो ।

बैठकले शर्मालाई आगामी साउन २५ देखि लागु हुने गरी कामु भई प्रधानसेनापतिको जिम्मेवारी सम्हाल्ने गरी तोक्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

हालका प्रधानसेनापति पूर्णचन्द्र थापा आगामी साउन २५ गतेबाट बिदामा बस्दैछन् । अवकाश हुनुभन्दा एक महिना अघि बिदामा बस्ने प्रचलन अनुसार बिदामा बस्न लागेका हुन् ।

त्यसैगरी आज बसेको बैठकले गण्डकी र लुम्बिनीको प्रदेश प्रमुख हेरफेर गर्नेसहित राष्ट्रिय योजना आयोगको उपाध्यक्ष नियुक्त समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?