काठमाडौं । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. विश्व पौडेल नियुक्त भएका छन् ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थविद् पौडेललाई उपाध्यक्ष नियुक्त गरेको जानकारी प्राप्त भएको छ ।
बैठकले अरु दुईजना सदस्य समेत नियुक्त गरको छ ।
त्यस्तै आज बसेको मन्त्रिपरिषद् बैठकले गण्डकी र लुम्बिनी प्रदेशका प्रदेश प्रमुखहरु समेत हेरफेर गर्ने निर्णय गरेको छ । सरकारले गण्डकीमा पृथ्वीमान गुरुङ र लुम्बिनीमा अमिक शेरचनलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया