टोकियो ओलम्पिक: आयोजक राष्ट्र जापानलाई ठूलो झट्का, नाओमी ओसाका तेस्रो चरणमा पराजित

काठमाडौं। जारी टोकियो ओलम्पिक २०२० अन्तर्गत महिला सिंगल टेनिस विधातर्फ जापानिज सुपरस्टार नाओमी ओसाका तेस्रो चरणबाटै बाहिरिएकी छिन्।

मंगलवार सम्पन्न तेस्रो चरणको खेलमा विश्व नम्बर २ नाओमी ओसाकाले विश्व नम्बर ४२ चेक गणतन्त्रकी मार्केटा भोन्द्रौसोभासँग ६-१, ६-४ को सोझो सेटमा पराजय भोगेकी हुन्। ‘आरियाके टेनिस पार्क’मा सम्पन्न खेलमा २३ वर्षीय ओसाकाले पराजय भोग्दा जापानलाई ठूलो झट्का लागेको छ।

टोकियो ओलम्पिक २०२० को उद्घाटन समारोहमा ‘ओलम्पिक कलड्रोन’ जलाएकी ओसाकाबाट जापानलाई स्वर्ण पदकको अपेक्षा थियो। तर हार्ड कोर्टमा २६ मध्ये २५ खेल जितेकी चार पटक ग्रान्ड स्ल्याम विजेता ओसाकाले क्वार्टर फाइनलको यात्रा तय गर्न असफल रहिन्।

त्यस्तै भर्खरै सम्पन्न विम्बेल्डन २०२१ की विजेता एशली बार्टी पनि टोकियो ओलम्पिकबाट बाहिरिएकी छिन्। विश्व नम्बर १ बार्टीले स्पेनकी सारा सोरीबेस तोरमोसँग ६-४, ६-३ को सोझो सेटमा पराजय भोगेकी हुन्।

यो पनि: को हुन् त ‘ओलम्पिक कलड्रोन’ जलाएकी ओसाका ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?