काठमाडौं । सेयर बजारमा आज कारोबारको तेस्रो दिन मंगलबार नेप्से परिसूचक २९.२४ अंकले बढेर ३०७९.६७ बिन्दुमा रोकिएको छ ।
कारोबारमा आएका २ सय २५ वटा कम्पनीको १ लाख ४१ हजार ६५२ पटकको कारोबारमा ३ करोड २३ लाख ५५ हजार २६० कित्ता सेयरको १५ अर्ब १७ करोड ६५ लाख १ हजार ६ सय ४३ रुपैयाँबराबरको कारोबार भएको छ ।
आजका दिन धेरै समूहहरूको उपसूचकहरू सकारात्मक छन् भने ४ वटाको समूहहरुको नकारात्मक देखिए । जसमा आज पनि हाइड्रोपावर कम्पनीहरुको कारोबार सर्बाधिक भएको छ ।
आज ७ वटा कम्पनीहरुको सेयर मूल्यमा १० प्रतिशतले बढेको छ भने ७ वटै कम्पनीहरु हाइड्रोपावरका रहेका छन् ।
धलेम्दी हाइड्रो लिमिटेडको सबैभन्दा बढी १० प्रतिशतको वृद्धि भएको छ । सर्पोट लघुवित्त वित्त संस्था लिमिटेटको ५।४२ प्रतिशतले घटको छ। आज एनआइसी बैंकले सर्वाधिक ४९ अर्बबराबरको कारोबार गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया