कलाकार शंकर बि.सीले दिए उजुरी, प्रहरी भन्छ जातिय गाली गर्नेलाई छोडिदैन

काठमाडौं, १९ फागुन -चर्चित कलाकार शंकर बि.सीले आफुमाथि जातिय गाली गलौच गर्ने बिरुद्ध साइबर क्राइम अन्तर्गत उजुरि दिएका छन् । महानगरिय अपराध शाखा टेकु काठमाडौंमा गएर उनले आफु उपर जातिय गाली गलौच गर्ने बिरुद्ध सोमबार कारवाहीका लागि उजुरि दिएका हुन ।केहि कलाकार, दलित अधिकारकर्मी सहितको टोली प्रहरीमा पुगेर उजुरि गर्दा गरेको संचारकर्मी तथा दलित महिला अधिकारकर्मी सरु सुनारले बताए ।कलाकार शंकर बि.सीले दिएको उजुरीका आधारमा दोसी उजर आवश्यक अनुसंन्धान सुरु भइसकेको र कानुन बमोजिम कारवाही हुने महानगरिय प्रहरी परिसर टेकु काठमाडौंका डिएसपी मोहन थापाले जानकारी दिए ।केहि दिन अघि भृकुटीमण्डपको एउटा ंसास्कृतीक कार्यक्रममा क्यामरा छेकेको बिषयमा विवाद हुंदा कलाकार बि.सीले पत्रकारलाई धम्काएको एकहोरो संवादको भिडियो बाहिर आएको थियो । सो भिडियोलाई लिएर बनाइएका समाचारको कमेन्ट बक्श र सामाजिक संजालमा केहि ब्यक्तीहरुले कलाकार बि.सीलाई तुच्छ शब्द प्रयोग गर्दै जातिय गाली गलौच गरेका थिए ।दुबैतर्फको असमझदारीमा भएको उक्त घटनालाई लिएर सिंगो दलित समुदायको आत्म सम्मानमा गहिरो चोट पुग्नेगरि दिइएको जातिय गालीले आफु मात्रै नभएर लाखौं दलित समुदायको आत्म सम्मानमा चोट पुगेको कलाकार बि.सीले बताए ।‘देशमा धेरै नै परिर्बतन भइसकेको सोंचेको थिए । तर, मान्छेहरु जात मै सिमीत रहेछन्, उनले भने ।’ जातिय रुपमा आफु लगायत सिंगो दलित समुदायमाथि भएको विभेदले ज्यादै चित्त दुखेका कारण न्याय माग्न प्रशासनको ढोका सम्म पुगेको उनको भनाई छ ।अन्जानबस पत्रकारले अन्तरवार्ता लिइरहेको बेला आफुबाट क्यामरा छेकिन पुगेको प्रती कलाकार बि.सीले मिडिया मार्फत आफु आवेगमा आएर बोलेको कुराप्रती क्षमा मागी सकेका छन ।घटना के थियो ?घटना तिन दिन अघि काठमाण्डौको भृकुटी मण्डपमा आयोजना भईरहेको राष्ट्रिय स्तरको लोकदोहोरी प्रतियोगिता स्थलमा कलाकार शंकर बि.सी र एकजना पत्रकार बिच क्यामरा छेकेको बिषयमा भएको सामान्य विवाद हो । कार्यक्रमको स्टेच पछाडी ड्रेस चेन्ज रुम नजिकै फिल्मिजुम डटकमका प्रकाश ढकालले लोक गायक चोलेन्द्र पौड्यालसंग अन्तर्वार्ता लिईरहेको बेलामा क्यामराको अगाडीबाट कलाकार शंकर बि.सी छिरेपछि विवादको बिउ रोपिएको थियो । तर, अन्तरवार्ता भइरहेको छ भनेर आफुलाई थाहा नभएरै छिरेको बलाकार बि.सीले प्रष्ट्याइ सकेका छन् ।कलाकार बि.सी क्यामरा अघिबाट गएको देखेपछि ढकालले उनलाई हेपाहा र रिसले घुरेर, ह्या खिचेको देखेन ? भनेर बोलेपछि, आफुलाई डोमिनेट गरेको भन्दै आवेगमा आएका कलाकार बि.सीले त्यसरि मसंग बोल्ने, पिट्ला झै गरेर, घुरेर हेर्ने तेरो हैसियत हो ? मसंग त्यसरि बोल्ने ? भनेर प्रतिवाद गरेका थिए । उनको यहि बोलेको भिडियो मात्रै ति पत्रकारले आफुमाथि दुब्र्यवहार भयो भन्दै सार्बजनिक गरेका थिए । तर, कलाकार बि.सीले घटनाको यर्थात आफुले दिएको अन्तरवार्तामा बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?