आफ्नै कारण ओली सरकार बालुवाटारबाट बार्दली पुग्यो : गगन थापा

लोकपथ
413
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले ओली नेतृत्वको सरकार आफ्नै कारण बालुवाटार छोड्नु परेको बताएका छन् ।

आज प्रतिनिधि सभामा बोल्दै सांसद थापाले ओली नेतृत्वको सरकारले संसदलाई हेप्ने र अदालतलाई हप्काउने कारण नै ओली बालुवाटारबाट बाल्कोट पुगेको बताए ।

“संसदलाई हेप्ने, अदालतलाई हप्काउने। न विधि मान्ने न विज्ञानलाई पत्याउने। स्थानीय र प्रदेश सरकारलाई पंगु बनाउने। जनताको दुहाइ दिने तर आसेपासे पोस्ने। बाहिर सिंहजस्तो गर्जने, भित्र लम्पसार पर्ने यस्तैयस्तै परिचय बनाएर बालुवाटारबाट बार्दली पुगेको छ अघिल्लो सरकार ।” सांसद थापाले भने ।

त्यस्तै नयाँ सरकार गठन भएसँगै प्रधानमन्त्री देउवाको नयाँ अध्याय सुरु भएको बताउँदै सरकारसँग गल्ती गर्ने छुट नभएको बताए ।

“यो संसद सरकारसँग डराउने होइन। सरकार यो संसदसँग डराउनुपर्नेछ ।” उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?