भारतमा कोरोना : १३२ दिनपछि थपिए ३० हजार भन्दा कम संक्रमित

लोकपथ
119
Shares

काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा थप २९ हजार ६८९ जनामा कोरोना संक्रमण भएको छ ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले सो कुरा जानकारी गराएको हो। यहाँ १३२ दिनपछि थप कोरोना संक्रमितको संख्या ३० हजार भन्दा कम भएको पनि सो मन्त्रालयले जानकारी दिएको छ ।

हाल भारतमा तीन लाख ९८ हजार १०० जना सक्रिय संक्रमित रहेका समाचारमा जनाइएको छ । गत २४ घण्टाको अवधीमा भारतमा कोरोना संक्रमणको कारण ४१६ जनाको मृत्यु भएको छ । यसैसँगै भारतमा कोरोना सुरुभएदेखि हालसम्म कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या चार लाख २१ हजार ३८२ पुगेको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा भारतमा ४२ हजार ३६३ जना व्यक्ति कोरोना मुक्त भएपछि कुल तीन करोड ६ लाख २१ हजार ४६९ व्यक्ति कोरोना भाइरस मुक्त भएका छन् ।

त्यस्तै संक्रमणमुक्त भएकाहरुको यो संख्या ९७.३९ प्रतिशत हो । अधिकारीहरूका अनुसार भारतमा अहिलेसम्म ४४ करोड १९ लाख भन्दा बढी डोज खोप कोरोना भाइरसविरुद्ध लगाइएको छ ।

त्यसैगरी देशभरी अहिलेसम्म ४५ करोड ९१ लाख व्यक्तिको कोभिड–१९ परीक्षण गरिएको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?