कांग्रेस महाधिवेशन : थपिए ४ लाख ४३ हजार नयाँ क्रियाशील सदस्य (प्रतिवेदनसहित)

लोकपथ
988
Shares

काठमाडौं । नेपाली कांग्रेसको देशभर साढे ८ लाख क्रियाशील सदस्यहरु पुगेका छन् ।

मंगलबार  (आज) नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले बुझाएको प्रतिवेदनमा सो कुरा उल्लेख गरिएको छ ।

कांग्रेस पदाधिकारी बैठकमा  समितिले बुझाएको प्रतिवेदनअनुसार हालसम्म कुल ८ लाख ५२ हजार ७ सय ११ जना क्रियाशील सदस्य रहेका छन् । तीमध्ये ४ लाख ४३ हजार ६ सय ७८ जना नयाँ सदस्य संख्या थपिएका छन् । भने बाँकी रहेका ४ लाख ९ हजार जनाको नवीकरण गरिएको हो ।

क्रियाशील सदस्यतासम्बन्धी विवाद चलिरहेका बेला समितिले प्रतिवेदन बुझाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?