सप्तकोशी डेभलपमेन्टले विशेष साधारणसभाका लागि तोक्यो बुकक्लोज गर्ने मिति

काठमाडौं, १९ चैत । सप्तकोशी डेभलपमेन्ट बैंकले विशेष साधारणसभाका लागि सेयरधनी किताब बन्द गर्ने मिति तोकेको छ ।२०७५ वैशाख १५ गते डाकेको विशेष साधारणसभाका लागि बैंकले चैत ३० गतेदेखि बुकक्लोज गर्ने भएको छ ।सप्तकोशी डेभलपमेन्ट बैंकले हाल कायम रहेको कार्यक्षेत्रलाई विस्तार गरि दुई जिल्ला थप गर्न बैंकको प्रबन्धपत्र तथा नियमावली संसोधन गर्न विशेष सधारण सभा बोलाएको हो ।बैंकले वैशाख १५ गते उद्योग संगठन मोरङमा विहान ११ बजे सभा आह्वान गरेको हो । यसमा फागुन २९ गतेसम्म कायम रहेका सेयरधनीले सहभागिता जनाउन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?