आजको बजार : घट्यो सुनको मूल्य

लोकपथ
175
Shares

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य ३०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा आज सुन प्रतितोला ३०० रुपैयाँले घटेर ९१ हजार ८०० रुपैयाँ कायम भएको हो ।

सोमबार बजारमा छापावाला सुन पनि प्रतितोला ९२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार आज तेजाबी सुनको मूल्य समेत प्रतितोला ३०० रुपैयाँले नै बट्दै ९१ हजार ३०० रुपैयाँ कायम भएको छ।

यता चाँदीको मूल्य भने तोलामा स्थिर भएको छ । सोमबार प्रतितोला चाँदी १ हजार २ सय ७० रहेको थियो । भने आज मूल्यमा घटबड नभइ प्रतितोला सोहि मूल्य कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?