प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटघाट, मन्त्रीमण्डल विस्तारबारे छलफल 

लोकपथ
301
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच  भेटवार्ता भएको छ ।

मंगलवार (आज) प्रधानमन्त्री देउवालाई भेट्न अध्यक्ष प्रचण्ड बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् ।

आजको भेटघाटका क्रममा मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको स्रोतले जनाएको छ । सत्ता सहकार्य गरिरहेको माओवादी केन्द्रबाट हाल देउवा नेतृत्वको मन्त्रीमण्डलमा २ जना सहभागी रहेका छन् ।

माओवादी केन्द्रसहित अन्य ४ गठबन्धनको सहभागी रहेको सरकारमा अन्य क–कसलाई सहभागी गराउने भन्ने विषयमा छलफल भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?