महाधिवेशनबारे छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै

लोकपथ
35
Shares
file photo

काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबारे छलफल गर्न पदाधिकारी बैठक बस्दै छ ।

बैठक प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा मंगलवार बिहान १० बजे बस्ने भएको हो ।
आजको बैठकमा क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले प्रतिवेदन पेस गर्ने बताइएको छ ।

त्यसैगरी, बैठकमा महाधिवेशनको नयाँ कार्यतालिकाको सम्बन्धमा छलफल हुने पनि जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?