मैत्रीपूर्ण खेलमा राष्ट्रिय टोलीद्वारा एपीएफ पराजित

काठमाडौं। बन्द प्रशिक्षणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले मैत्रीपूर्ण खेलमा विभागीय टोली एपीएफलाई ३-१ गोलले पराजित गरेको छ।

मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको अनुपस्थितिमा सोमवार खेलिएको मैत्रीपूर्ण खेलमा प्रशिक्षणको जिम्मेवारी सहायक प्रशिक्षक किरण श्रेष्ठले सम्हालेका थिए। खेलमा राष्ट्रिय टोलीको तर्फबाट त्रिदेव गुरुङ, भरत खवास र जर्ज प्रिन्स कार्कीले गोल गरेका थिए।

सातदोबाटो स्थित अखिल नेपालले फुटबल संघ (एन्फा)को मैदानमा भएको खेलमा एपीएफका लागि सविन गुरुङले गोल गर्न सफल भएका थिए। खेलमा राष्ट्रिय टोलीका मिडफिल्डर विक्रम लामा पनि समावेश थिए।

तस्वीर :एन्फा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?