टोकियो ओलम्पिक: केलीले जितिन् महिला १०० मीटर ब्याकमा स्वर्ण, रचिन् नयाँ ओलम्पिक कीर्तिमान

काठमाडौं। टोकियो ओलम्पिक २०२० अन्तर्गत महिला १०० मीटर ब्याक पौडी विधातर्फ अस्ट्रेलियाकी केली मेककियोनले नयाँ ओलम्पिक कीर्तिमान रच्दै स्वर्ण पदक जितेकी छिन्।

मंगलवार विहान सम्पन्न प्रतिस्पर्धाको शुरुवाती ५० मा सबै प्रतिस्पर्धी बराबरीको अवस्थामा थिए। लेन ५ मा रहेकी क्यानाडाकी मास्सीले २७.९१ सेकेन्डमा पहिलो टर्न गर्न सफल भएकी थिइन्।

अन्तिम ५० मा फर्किने क्रममा भने लेन ३ बाट मेककियोनले शानदार पुनरागमन गर्दै ५७.४७ सेकेन्डमा पहिलो टच गर्न सफल भइन्। यस जितसँगै अष्ट्रेलियन पौडी खेलाडी मेककियोनले नयाँ ओलम्पिक रेकर्डसँगै स्वर्ण पदक जितेकी छिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?