टोकियो ओलम्पिक : नेपालका एलेक्स आज प्रतिस्पर्धा गर्दै

काठमाडौं। टोकियो ओलम्पिक २०२० अन्तर्गत पुरुष १०० मिटर फ्रि-स्टाइल पौडी विधातर्फ आज (मंगलवार) नेपालका एलेक्जेन्डर (एलेक्स) शाह प्रतिस्पर्धा गर्दै छन्।

टोकियो एक्वेटिक सेन्टरमा हुने आजको प्रतियोगिता नेपाली समयअनुसार अपरान्ह ३:४५ बजे सुरु हुनेछ। प्रतिस्पर्धामा एलेक्स हिट १ समूहमा रहेका छन्।

पुरुषतर्फ नेपालका नम्बर १ पौडी खेलाडी एलेक्सले हिट १ अन्तर्गत भुटानका तेन्जिन साङ्गे, माल्दिभ्सका इब्राहीम मुलब आलम, प्यालेस्टाइनका अल बाबाब याजन, गुयानाका फ्लोयर र सोलोमनका इडगरसँग प्रतिस्पर्धा गर्नेछन्। एलेक्सले छैटौं लेनमा रहेर प्रतिस्पर्धा गर्नेछन्।

त्यस्तै नेपालकी गौरीका सिंहले भने बुधवार महिला १०० मिटर फ्रि-स्टाइल पौडीमा प्रतिस्पर्धा गर्नेछिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?