४ आश्विन २०७८, सोमवार

लमजुङमा निजी आवास पुनःनिर्माणको काम ७५ प्रतिशत सम्पन्न

२०७८,श्रावण,११,सोमवार २२:०९


लमजुङ । आठ स्थानीय तह रहेको लमजुङमा निजी आवास पुनःनिर्माणको काम करिब ७१ प्रतिशत सम्पन्न भएको छ ।

नेपालमा भूकम्प गएको छ वर्षपछि दश हजार ३९४ निजी आवास पुनःनिर्माण सम्पन्न भएको हो । यो कूल लाभग्राहीमध्ये ७० दशमलव ९३ प्रतिशत रहेको छ । जिल्लामा १४ हजार ६५२ निजी आवास पुनःनिर्माण गर्ने लाभग्राही रहेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार लमजुङले जनाएको छ ।

विसं २०७२ वैशाख १२ गते गएको भूकम्पले क्षतिग्रस्त १४ हजार ६५२ मध्ये १० हजार ३९४ घर लाभग्राहीले पुनःनिर्माणको काम सम्पन्न गरेर तेस्रो किस्तासमेत लिएको जनाइएको छ । पुनःनिर्माण प्राधिकरण जिल्ला कार्यान्वयन एकाइ लमजुङका सम्पर्क व्यक्ति विनय दवाडीका अनुसार कूल लाभग्राहीमध्ये १४ हजार ३२ जनाले पहिलो किस्ता र ११ हजार ८९८ जनाले दोस्रो किस्ता लिएका छन् ।

“दोस्रो किस्ता बुझ्ने अधिकांश लाभग्राहीले आफ्नो घर पुनःनिर्माणको काम सम्पन्न गरिसकेका छन्”, उनले भने, “पुनःनिर्माणको काम सकेका लाभग्राहीलाई तेस्रो किस्तासमेत दिएको छ ।” उनका अनुसार बेँसीशहर नगरपालिकाका एक हजार ३८६ लाभग्राहीमध्ये एक हजार ३३० ले पहिलो किस्ता, १२१ ले दोस्रो किस्ता र ९४१ जनाले अन्तिम तथा तेस्रो किस्ता लिएका छन् ।

प्रकाशित मिति: २०७८,श्रावण,११,सोमवार २२:०९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले देशभित्रै बिजुली खपत गराउने उद्देश्यका साथ ठूला उद्योगलाई मागेजति विद्युत् उपलब्ध गराउन थालेको छ ।

काठमाडौं । नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशन हुन बाँकी २० जिल्लामध्ये मंगलबार सात जिल्लामा अधिवेशन हुँदैछ । यही

बलेवा । नेपाली कांग्रेस महाधिवेशनको पहिलो चरण अर्थात् वडा अधिवेशन सकिएको छ। त्यसपछिको गाउँपालिका तथा नगरपालिका तहको अधिवेशनले चर्चा पाइरहेको

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय समिति बैठक काठमाडौंको बुद्धनगरस्थित क्वालिटी पार्टी प्यालेसमा बस्ने तय भएको छ । सो

ताजा समाचार