४ आश्विन २०७८, सोमवार

हेर्नुहोस् आजको टप १५ हेडलाइन्स् (भिडियो सहित)

२०७८,श्रावण,११,सोमवार २१:३०


१. १७ हजार २७२ जनाको स्वाब परीक्षणमा बितेको २४ घण्टामा मात्रै थप ३ हजार ४२१ जनामा कोरोना संक्रमण पुष्टि, १६ सय छयासी संक्रमणमुक्त, २५ जनाको मृत्यु ।

२. उपेन्द्र यादव पक्षले पायो जसपाको आधिकारिकता, महन्थ ठाकुरलाई नयाँ नामको अर्को पार्टी गठन गर्न बाटो खुल्यो, छुट्टै दल दर्ता गर्न सक्ने ।

३. गालीगलौज बन्द गरी एकतामा जोड दिने माधव नेपाल पक्षको निर्णय, अध्यक्ष ओली र नेता नेपालले अध्यक्षका रुपमा काम गर्नेगरी आगामी महाधिवेशनसम्म जाने प्रस्तावलाई एकताको आधार बनाउने ।

४. ऋण लिएर भए पनि सबै जनतालाई खोप उपलब्ध गराउने नवनियुक्र स्वास्थ्य राज्यमन्त्री श्रेष्ठको वाचा, खोप लगाएको प्रमाणित गर्न भीडभाड बढेको भन्दै सबै जिल्लाहरुबाट प्रमाणित गर्न सकिने गरी व्यवस्था मिलाउने दाबी ।

५. एमालेमा ओलीसरहको जिम्मेवारी नेता नेपाललाई दिने सम्भावना शुन्य रहेको पूर्व उपप्रधानमन्त्री रघुवीर महासेठको दाबी, एकअर्काविरुद्ध गालीगलौज र शक्ति प्रदर्शन नगर्न सुझाव ।

६. जसपा नेपालका सांसद रेशम चौधरी पार्टीको आधिकारिकता विवादमा तटस्थ, राजनीतिक मुद्धाका कारण आफू जेल बस्नुपरेको भन्दै ‘भीष्मपितामह’ महन्थ दुर्योधनको पक्षमा उभिएको प्रतिक्रिया ।

७. गणतन्त्र खतरामा परेको कारण राजाको स्वीकार्यता उच्च बनेको विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रको भनाई, संघीयता खारेज गरी धर्मनिरपेक्षताबारे जनमत संग्रह गर्न प्रस्ताव ।

८. ट्याक्सी चालकहरूले गुण्डागर्दी शैलीमा बारम्बार आक्रमण गरेको विरोधमा पठाओ राइडरहरु प्रदर्शनमा उत्रिए, ‘राइडर एकता जिन्दाबाद’ भन्दै निकाल्न लागेको बाइक र्‍यालीमा प्रहरीको हस्तक्षेप ।

९. बाँकेको कोहलपुरबाट छ महिनाअघि हराएका तीन बालबालिकाको भारतको बरेलीबाट उद्धार, ‘मानवकल्याण मित्र मञ्च’ नामक संस्थाका समन्वयमा उद्धार गरि परिवारको जिम्मा लगाईदै ।

१०. विदेश जाने श्रमिक र विद्यार्थीका लागि थपिए दुई खोप केन्द्र, नेपाल प्रहरी अस्पताल र सैनिक अस्पतालको खोप केन्द्रबाट पासपोर्ट र भिसा देखाएर खोप लगाउन पाईने ।

११. गरिबीको रेखामुनि रहेका जनतालाई निःशुल्क विद्युत् उपलब्ध गराउने तयारी, ऊर्जामन्त्री भुषाल भन्छिन्, ‘विद्युत महसुल सस्तो बनाउने योजना पनि अघि सारेका छौँ ।’

१२. कतार र साउदी अरबले श्रमिकका लागि चार प्रकारका खोपका विकल्प दिए, फाइजर, मोडेर्ना, कोभिसिल्ड र जोन्सन एन्ड जोन्सनको खोप लगाएका र प्रमाणपत्र प्राप्त गरेका यात्रु सहजै जान सक्ने ।

१३. भारतको ग्रेटर नोएडामा १२ वर्षीय बालकद्वारा आफ्नै दिदीको बलात्कार, गर्भवती भएपछि खुल्यो पोल, बालकलाई बाल सुधार गृह पठाईयो ।

१४. नेपाल खेलकुद महासंघ र राखेपको संयुक्त पहलमा ५ सयभन्दा बढीले लगाए कोरोनाविरुद्धको खोप, खेलकुद महासंघद्वरा नेपाली खेलाडीका लागि ५ हजार डोज खोप माग ।

१५. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अलमुताइरीले लगाएको आरोप पुष्टि गर्न एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङद्वारा चुनौति, प्रशिक्षक र खेलाडी एन्फाको राजनीतिबाट टाढा रहन सुझाव ।

प्रकाशित मिति: २०७८,श्रावण,११,सोमवार २१:३०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर एक हजार ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा देशभरका

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले देशभित्रै बिजुली खपत गराउने उद्देश्यका साथ ठूला उद्योगलाई मागेजति विद्युत् उपलब्ध गराउन थालेको छ ।

काठमाडौं । नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशन हुन बाँकी २० जिल्लामध्ये मंगलबार सात जिल्लामा अधिवेशन हुँदैछ । यही

बलेवा । नेपाली कांग्रेस महाधिवेशनको पहिलो चरण अर्थात् वडा अधिवेशन सकिएको छ। त्यसपछिको गाउँपालिका तथा नगरपालिका तहको अधिवेशनले चर्चा पाइरहेको

ताजा समाचार