काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संघीयताको खारेजी र धर्म निरपेक्षताबारेमा जनमत संग्रह गर्नुपर्ने आवाज उठ्नु सकारात्मक भएको बताएका छन् ।
सोमवार सामाजिक सञ्जालमार्फत् अध्यक्ष थापाले संघीयताको खारेजी, धर्मनिरपेक्षताको बारेमा जनमत संग्रह र राजसंस्था पुनःस्थापनाका सम्बन्धमा विभिन्न पक्षबाट उठीरहेको आवाज सकारात्मक रहेको बताएका हुन् । अध्यक्ष थापाले विगतमा राप्रपा एक्लैले उठाउँदै आएको एजेण्डाको पक्षमा जनमत बढ्दै जानु र ति विषयमा राष्ट्रिय बहस हुनु राप्रपाको सफलता भएको पनि बताए ।
उनले आफुहरु सही बाटोमा रहेको प्रमाणित भइरहेको पनि जिकिर गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया