४ आश्विन २०७८, सोमवार

प्रदेश २ का मुख्यमन्त्री राउत र पाकिस्तानका प्रधानमन्त्री खान विरुद्ध जनकपुरमा प्रदर्शन

२०७८,श्रावण,११,सोमवार २०:३३


काठमाडौं । राष्ट्रिय एकता अभियानले प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउत र पकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध प्रदर्शन गरेको छ ।

अभियानले धनुषाको जनकपुरधाममा मुख्यमन्त्री राउत र पाकिस्तानी प्रधानमन्त्री खानविरुद्ध प्रदर्शन गर्दै पुतला दहन गरेको हो । अभियानका केन्द्रीय अध्यक्ष विनय यादव र उपाध्यक्ष सुनिता साहको नेतृत्वमा अभियानले जनकपुरको रामानन्द चोकबाट  र्‍याली निकाली भानु चोकमा पुगेर मुख्यमन्त्री राउत र पाकिस्तानी प्रधानमन्त्री खानको पुतला दहन हो ।

प्रदर्शनको क्रममा मदरसा शिक्षा विधेयक फिर्ता गर, प्रदेशलाई तालिबान बनाउने मुख्यमन्त्री राजीनामा दे, सुरक्षा दिन नसक्ने मुख्यमन्त्री मुर्दावाद र संघीय हिन्दू गणतन्त्र जिन्दावाद लगायतका चर्को नाराबाजी समेत गरिएको थियो ।

राष्ट्रिय एकता अभियानका केन्द्रीय अध्यक्ष यादवले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत पाकिस्तानी प्रधानमन्त्री इमरान खानको एजेण्ट भएर नेपालमा काम गरिहेको आरोप लगाए ।

त्यस्तै अभियानकी केन्द्रीय उपाध्यक्ष साहले पछिल्लो समय मुख्यमन्त्री लालबाबु राउतले शिक्षा विधेयक ल्याएर प्रदेशलाई तालिबान बनाउन खोजेको जिकिर गरिन् ।

प्रकाशित मिति: २०७८,श्रावण,११,सोमवार २०:३३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख र निर्वाचन आयोगविरुद्ध दायर गरेको रिटको सुनुवाई ‘हेर्दा हेर्दैमा’ राखिएको छ

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत आयोजनाको काममा ढिलो हुनु लज्जास्पद भएको

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर एक हजार ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा देशभरका

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले देशभित्रै बिजुली खपत गराउने उद्देश्यका साथ ठूला उद्योगलाई मागेजति विद्युत् उपलब्ध गराउन थालेको छ ।

ताजा समाचार