‘बुम-बुम’ अफ्रिदीले काठमाडौंबाट इपीएल खेल्ने

काठमाडौं। पाकिस्तानका पूर्व कप्तान तथा अलराउन्डर शाहिद अफ्रिदीले काठमाडौं किङ्स-११ बाट एभरेष्ट प्रिमियर लिग (इपीएल) खेल्ने भएका छन्।

सोमवार राजधानीमा आयोजित एक कार्यक्रममा काठमाडौं किङ्स-११ ले अफ्रिदीलाई अनुबन्धित गरेको जानकारी दिएको छ। अन्तराष्ट्रिय खेलाडीको रूपमा अफ्रिदीले काठमाडौंबाट चौथो संस्करणको इपीएल खेल्ने पक्का भएको छ।

प्रतियोगितालाई अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले मान्यता दिएसँगै अफ्रिदीसहित अन्य विदेशी खेलाडी पनि यस पटकको इपीएलमा देखिने अपेक्षा गरिएको छ। आगामी असोज ९ देखि २३ सम्म आयोजना हुने इपीएलमा साविक ६ टोली नै प्रतिस्पर्धा गर्दैछन्।

इपीएलमा साविक विजेता ललितपुर प्याट्रियट्स रहेको छ भने उसलाई टक्कर दिन काठमाडौं किङ्स-११, चितवन टाइगर्स, विराटनगर वारियर्स, पोखरा राइनोज र भैरहवा ग्लाडिएटर्स मैदानमा उत्रनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?