के महन्थ ठाकुर पक्षले गर्ला छुट्टै दल दर्ता ?

लोकपथ
143
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको विवादमा उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएको निर्वाचन आयोगले महन्थ ठाकुर पक्षलाई छुट्टै दल दर्ता गर्न दिने भएको छ ।

निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले ठाकुर पक्षलाई अर्को छुट्टै दल गठन गर्न दिने निर्णय भएको जानकारी दिए ।

जसपाको ५१ सदस्यीय कार्यकारिणी सदस्यमध्ये ३४ सदस्यले अध्यक्ष यादवको पक्षमा हस्ताक्षर गरेका थिए । पार्टीका अर्का अध्यक्ष ठाकुरका पक्षमा भने १६जना सदस्यले मात्र हस्ताक्षर गरेका थिए। हाल जेल सजाय भोगिरहेका जसपाका सांसद रेशम चौधरी निर्वाचन आयोग परिसर पुगे पनि तटस्थ बसेका थिए।

जसपाको आधिकारिकता विवाद निरुपणका लागि प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासहित ५ जना आयुक्तको इजलास बसेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?