बैंकिङ कसुर मुद्दामा फरार महिला पक्राउ

लोकपथ
78
Shares

काठमाडौं । बैंकिङ कसुर मुद्दामा फरार एक महिला पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा तनहुँ व्याँस नगरपालिका–९ घर भएकी ४५ वर्षीया शोभा गुरुङ रहेकी छन्।

उच्च अदालत पाटनको २०७७ चैत ३० को फैसलाले १४ दिन कैद र १३ लाख ७० हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेकी उनलाई केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) महाराजगंजबाट खटिएको प्रहरी टोलीले ललितपुरको कुपण्डोलबाट पक्राउ गरेको हो ।

गुरुङले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी पीडितलाई झुक्यानमा पारी सानिमा विकास बैंकको चेक काटी दिई बैंकिङ् कसुरजन्य अपराध गरेको ठहर गरी अदालतले उक्त फैसला गरेको थियो ।

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुरमा बुझाइएको उक्त व्यूरोले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?