कुखुरा फर्ममा १५ वर्षीया किशोरी बलात्कृत, एक जना पक्राउ

लोकपथ
559
Shares

कपिलवस्तु । कपिलवस्तुमा जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मायादेबी गाउँपालिका–७ बसन्तपुर बस्ने २१ वर्षीय कली मुल्लाह मुसलमानलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।

घर नजिकै रहेको कुखुरा फर्ममा ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी तुलसिपुर बलुहवाबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?