जसपामा सकियो आधिकारिकताको लडाइँ : उपेन्द्र पक्षको पल्ला भारी

लोकपथ
442
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता उपेन्द्र यादव पक्षले पाएको छ ।

आज निर्वाचन आयोगले बहुमत सदस्यहरुको उपस्थितीपछि उपेन्द्र पक्षलाई जसपाको आधिकारिकता दिएको हो ।

कुल ५१ जनाको कार्यकारिणी समितिमा उपेन्द्र पक्षमा ३४ जनाको हस्ताक्षर रहेको परेको थियो भने महन्थ पक्षमा १६ जनाले हस्ताक्षर गरेका थिए । त्यस्तै रेशम चौधरी १ जनाले दुवै पक्षलाई समर्थन वा विरोध नरहेको भन्दै तटस्थ बस्ने निर्णय गरेका थिए ।

जसपा विवाद उत्कर्षमा पुगेपछि दुवै पक्ष आधिकारिकता दाबीका लागि निर्वाचन आयोग गएका थिए । आयोगले इजलास गठन गरि दुवै पक्षको दाबीका लागि निर्वाचन आयोग बोलाएको थियो । यससँगै जसपाको आधिकारिकताको लढाइ सकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?