काठमाडौं उपत्यकामा कति थपिए कोरोना संक्रमित?

लोकपथ
378
Shares

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ९९९ जना कोरोना संक्रमित थपिएका छन्।

उपत्यकाका विभिन्न प्रयोगशालामा भएका पीसीआर तथा विभिन्न स्थानमा गरिएको एन्टिजेन परीक्षणबाट ९९९ संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

थपिएका संक्रमितमध्ये काठमाडौंका सबैभन्दा बढी ६७७ जना छन्। यसैगरी भक्तपुरमा १२५ र ललितपुरमा १९७ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ।

अब नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ८२ हजार ९४७ पुगेको छ । तीमध्ये ९ हजार ९,७३८ जनाको मृत्यु भएको छ भने ६ लाख ४५ हजार ३०१ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २७ हजार ९०८ जना रहेका छन् । जसमध्ये २५ हजार ९३ जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार ८१५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ६६९ जना आईसीयू र १६६ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?